काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल यही जेठ ३१ गते स्वीट्जरल्याण्ड जाने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदले ३१ जेठदेखि हुने उनको भ्रमण स्वीकृत गरेको हो ।
जेठ ३१ गते राष्ट्रपति पौडेल स्वीटजरल्याण्डको जेनेभा जानेछन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिनेछन् ।
यस्तै बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गरेको छ ।