सिन्धुलीमा बस दुर्घटना हुँदा २१ जना घाइते

सिन्धुलीमा बस दुर्घटना हुँदा २१ जना घाइते

बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • सिन्धुलीमा बस दुर्घटना हुँदा २१ जना घाइते

    काठमाडौं । सिन्धुलीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । सिन्धुलीको गोलोन्जर गाउँपालिकाको खुर्कोट बजार नजिकैको घुम्तीको सडकमा बस पल्टिदाँ २१ जना घाइते भएका सिन्धुलीका प्रहरी प्रमुख गोबिन्द काफ्ले जानकारी दिएका हुन् । 

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बस आज साँझ ५ः३० बजे आसपासमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार बस सडकबाट १० मिटर तल खसेको थियो ।

    सो बसमा २८ जना यात्रु सवार थिए । । प्रहरीका अनुसार घाइतेहरुको उद्धार गरी स्थानीय खुर्कोटको सुनकोशी सामुदायिक अस्पताल र नवजीवन अस्पतालमा उपचार भइरहेको छ । हाल प्रहरी घटनास्थलमा खटिइसकेको र उद्धार जारी रहेको प्रहरीको भनाइ छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij