कृषि तथा पशुपंक्षी बीमा निरन्तर रहने छ : कृषि मन्त्रालय

कृषि तथा पशुपंक्षी बीमा निरन्तर रहने छ : कृषि मन्त्रालय

बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • कृषि तथा पशुपंक्षी बीमा निरन्तर रहने  छ  : कृषि मन्त्रालय

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि तथा पशुपंक्षी बीमा निरन्तर रहने जनाएको छ ।

    कृषिमन्त्री ज्वालाकुमारी साहको अध्यक्षतामा आज मन्त्रालयमा सरोकार भएका निकायसहित बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता शवनम शिवाकोटीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

    बैठकमा मन्त्रालयका सचिवद्वय डा दिपककुमार खराल र डा राजेन्द्रप्रसाद मिश्र, नेपाल बीमा प्राधिकरण, नेपाल बीमक सङ्घसहितको बैठकले पशुपंक्षी तथा जडिबुटी बीमाको अनुदान बक्यौता रकम भुक्तानी तथा २०८० साल चैत १ गतेदेखि स्थगन भएको बीमासम्बन्धी छलफल भएको थियो । 

    छलफलमा बीमा कम्पनीले जारी गरेको कृषि तथा पशुपंक्षी बीमा अन्तर्गतको बीमालेखवापत प्राप्त गर्नुपर्ने बाली तथा पशुधन बीमा प्रिमियम रकममध्ये हाललाई करिब ९७ करोड रुपैयाँ यथाशीघ्र भुक्तानी गर्ने सहमति भएको प्रवक्ता शिवाकोटीले जानकारी दिए । 

    बाँकी रकम भुक्तानीका लागि चालु आर्थिक वर्षभित्रै गर्ने गरी मन्त्रालयले पहल गर्ने भएको छ । बीमकले कृषि तथा पशुपंक्षी बीमा निरन्तर गर्ने गरी आजको सरोकार भएका निकायको बैठकले निर्णय गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij