अत्यधिक गर्मी बढपछि तिलोत्तमाका विद्यालयमा एक महिना बिदा

अत्यधिक गर्मी बढपछि तिलोत्तमाका विद्यालयमा एक महिना बिदा

बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • अत्यधिक गर्मी बढपछि तिलोत्तमाका विद्यालयमा एक महिना बिदा

    काठमाडौं ।  अत्यधिक गर्मी बढेको भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यालयहरुमा एक महिना गर्मी बिदा दिएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै नगरपालिकाभित्र पर्ने सामुदायिक र संस्थागत सबै विद्यालय पठनपाठन जेठ १८ गतेदेखि असार १४ गतेसम्म बन्द गर्ने निर्णय गरेको जनाएको हो ।

    अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र पठनपाठन सञ्चालन गर्न समस्या भएकाले बिदा दिइएको सुचनामा उल्लेख गरेको छ । 

    ‘तिलोत्तमा नगरपालिकाको जेठ १७ गतेको नगर प्रमुखस्तरीय निर्णयानुसार केही दिनदेखि बढ्दै गएको अत्यधिक गर्मीका कारण विद्यार्थीमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिएको हुँदा विद्यालयमा सहज पठनपाठन गर्न समस्या भएकाले जेठ १८ देखि असार १४ गतेसम्म वार्षिक बिदाबाट मिलान हुने गरी नगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

    तिलोत्तमा बिहीबार दिउँसो उच्चतम ४१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij