गर्मी बढेपछि धनगढीका बिद्यालय एक साताका लागि बन्द

गर्मी बढेपछि धनगढीका बिद्यालय एक साताका लागि बन्द

बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • गर्मी बढेपछि धनगढीका बिद्यालय एक साताका लागि बन्द

    काठमाडौं ।  अत्यधिक गर्मीका कारण धनगढी उपमहानगरपालिकाभित्रका विद्यालयको पठनपाठन सात दिन बन्द हुने भएको छ । उपमहानगरपालिकाले एक सुचना जारी गर्दै भोलि अथात् शुक्रबारदेखि लागू हुनेगरी २४ जेठसम्म बिदा दिएको हो । 

    उपमहानगरपालिकाले बर्खे बिदाबाट कट्टा हुनेगरी नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिइएको सुचनामा ल्लेख गरेका छ  । खातीले गर्मी अत्यधिक बढेपछि बालबालिकाको स्वास्थमा पर्न सक्ने असरलाई ख्याल गर्दै बिदा दिइएको उपमहानगरपालिकाले जनाएको छ । 

    जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बुधबार धनगढीमा २८ वर्ष यताकै सर्वाधिक ४३.३६ डिग्री तापक्रम मापन गरिएको थियो । आज अथात् विहीबार धनगढीको तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको छ ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij