काठमाडौं । धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ । मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको हो ।
मौसम पूर्वानुमान महाशाखाले आज कैलालीको धनगढीमा अधिकतम तापक्रम ४२ देखि ४४ डिग्री सेल्सियससम्म पुग्ने आँकलन गरेको थियो । तर तापक्रम अनुमानित भन्दा पनि धेरै पुगेको छ ।
बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको मौसम तथा विज्ञान विभागले जनाएको छ ।