मालपोत कार्यालय तौलिहवाका नासु घुससहित पक्राउ

मालपोत कार्यालय तौलिहवाका नासु घुससहित पक्राउ

बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • मालपोत कार्यालय तौलिहवाका नासु घुससहित पक्राउ

    काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार रुपैयाँ घुससहित नायब सुब्बालाई नियन्त्रणमा लिएको छ । आयोगले टोलिले बिहीबार कपिलवस्तु जिल्लाको भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवामा कार्यरत नायब सुब्बा नरहरी खनाललाई घुससहित नियन्त्रणमा लिएको हो । 

    उनीमाथि सेवाग्राहीले जग्गा नामसारी गर्ने प्रयोजनार्थ ३० हजार रुपैयाँ घुस मागेको भन्दै अख्तियारको बुटवल कार्यालयमा गुनासो गरेका थिए । सेवाग्राहीको गुनासोका आधारमा बुटवलबाट खटिएको टोलिले नायबसुब्बा खनाललाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । 

    अनुसन्धानका क्रममा उनले ३० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले खनालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोभन्दै ३० हजार रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा बिहीबार मुद्धा दायर गरेको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij