काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । बुधबार दिउसो हावाहुरी सहित पानी परेको समयमा परेको चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ साउने घर भएका ५६ वर्षीय सर्वधन राईको मृत्यु भएको हो ।
दिउसो ३ बजेको समयमा अकस्मात हावाहुरी र पानीसहित चट्याङ पर्दा मृतक राई घरमा नै थिए । घरमा जोडेको विद्युतीय तारमा चट्याङ परेर घरमा बसिरहेका राईलाई समेत असर गरेपछि तत्कालै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।