सुर्खेत जिप दुर्घटना : मृतक सबैको सनाखत

सुर्खेत जिप दुर्घटना : मृतक सबैको सनाखत

बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • सुर्खेत जिप दुर्घटना : मृतक सबैको सनाखत

    काठमाडौं । सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ । सुर्खेत–दैलेख खण्डको वीरेन्द्रनगर–१४ टाकुरी मोडमा बोलेरो जीप दुर्घटना भई मृत्यु हुनेमा ३ जना कालीकोट शुभकालिका–३ भर्ताका रहेका छन् भने एकजना दैलेख भैरवी गापा–४ का रहेका प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा कालीकोट शुभकालिका–३ भर्ताका ४५ वर्षका तन्त बिक, उनका २१ वर्षका छोरा बिरेन्द्र बिक, २७ वर्षका नमराज बिक रहेका छन् । त्यस्तै दैलेखको भैरवी गाउँपालिका–४ का वर्ष ३४का महेन्द्र शाही रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    दुर्घटनामा घाइते भएकाहरु कालीकोट शुभकालिका–३ का नरि बिक र कालीकोट खाँडाचक्र नपा–९ पाखाका नरेन्द्र बिष्ट (चालक) रहेका छन् ।

    घाइतेहरुको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । जीप बिहीवार बिहान २ बजे दुर्घटना हुँदा सडकबाट ३ सय मिटर तल खसेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij