प्रतिनिधि सभा : कांग्रेसको विराेधका कारण बैठक शुक्रबारसम्मका लागि स्थगित

प्रतिनिधि सभा : कांग्रेसको विराेधका कारण बैठक शुक्रबारसम्मका लागि स्थगित

मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  • प्रतिनिधि सभा : कांग्रेसको विराेधका कारण बैठक शुक्रबारसम्मका लागि स्थगित

    काठमाडौं । मंगलबारको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । कांग्रेसको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव र राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पारित गरेपछि बैठक स्थगित गरिएको हो ।

    सभामुख देवराज घिमिरेले अब अर्को बैठक जेठ ११ गते बिहान ११ बजे बस्ने बताएका छन् । 

    कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ । समिति बनाउन सरकार पनि तयार भए पनि टिओआरमा अझै कुरा मिल्न सकेको छैन ।

    यस्तै कांग्रेसले आफ्ना नेताहरुमाथि लगाइएको आरोप प्रमाणित नगरे सदनबाट गलहत्याएर निकाल्नेसम्मको चेतावनीसमेत दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij