थलीमा मृत फेला परेका नगरकोटीकी छोरी बबरमहलबाट पक्राउ

थलीमा मृत फेला परेका नगरकोटीकी छोरी बबरमहलबाट पक्राउ

मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  • थलीमा मृत फेला परेका नगरकोटीकी छोरी बबरमहलबाट पक्राउ

    काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा मंगलबार विहान मृत फेला परेका पुरुषकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी छोरीलाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएको हो ।

    घाँटीमा धारिलो हतियारले काटेको र अनुहार कालो कपडाले छोपेको अवस्थामा चाँगुनारायण नगरपालिका–७, छालिङ घर भएका ५२ वर्षीय कृष्ण नगरकोटी आज बिहान थलीको उकालोमा मृत फेला परेका थिए । कृष्ण ट्याक्सी चालक भएको खुलेको छ ।

    नगरकोटीका छोरा भने काठमाडौंको फर्पिङमा घाइते अवस्थामा फेला परेका छन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले टेकुमा ल्याएको छ । घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    मंगलबार बिहान थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको थियो । घटनास्थलमा ब्लेडसमेत फेला परेको थियो । 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij