काठमाडौंमा मृत फेला परेका भक्तपुरका नगरकोटीका छोरा पनि घाइते अवस्थामा फेला

काठमाडौंमा मृत फेला परेका भक्तपुरका नगरकोटीका छोरा पनि घाइते अवस्थामा फेला

मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  • काठमाडौंमा  मृत फेला परेका भक्तपुरका नगरकोटीका छोरा पनि घाइते अवस्थामा फेला

    काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा मंगलबार विहान मृत फेला परेका पुरुषका छोरा पनि घाइते अवस्थामा भेटिएका छन् । 

    थलीमा मृत भेटिएका चाँगुनारायण नगरपालिका-७, छालिङ घर भएका ५२ वर्षीय कृष्ण नगरकोटीका छोरा पनि फर्पिङमा घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    फर्पिङमा घाइते अवस्थामा भेटिएका नगरकोटीका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिनुले थप आशंका बढाएको प्रहरीले जनाएको छ । 

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा थलीमा कृष्ण नगरकोटीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको छ ।

    मंगलबार बिहान थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको थियो । घटनास्थलमा ब्लेडसमेत फेला परेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij