काठमाडौंको थलीमा शंकास्पद अवस्थामा एक पुरुष मृत फेला

काठमाडौंको थलीमा शंकास्पद अवस्थामा एक पुरुष मृत फेला

मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  • काठमाडौंको थलीमा शंकास्पद अवस्थामा एक पुरुष मृत फेला

    काठमाडौं । काठमाडौंको थलीमा एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ३५–४५ वर्षीय पुरुषको शव पहिचान नभएको प्रहरीले जनाएको छ ।

    थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको प्रहरीले जनाएको छ । घटनास्थलमा ब्लेडसमेत फेला परेको छ ।

    शंकास्पद अवस्थामा शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने लगायतका काम गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij