महाकाली नदीमा डुबेर बेपत्ता भएका किशोरको शव फेला

महाकाली नदीमा डुबेर बेपत्ता भएका किशोरको शव फेला

मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  • महाकाली नदीमा डुबेर बेपत्ता भएका किशोरको शव फेला

    काठमाडौं । महाकाली नदीमा पौडी खेल्दा बेपत्ता भएका किशोरको शव भेटिएको छ । दोधारा चाँदनी नगरपालिका-९ का १७ वर्षीय विष्णु सुनारको सोही नगरपालिकाको वडा नं. १० कुतियाकवर नजिकै नदी किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।

    बेपत्ता भएको स्थानबाट साढे तीन किलोमिटर तल नदी किनारमा शव भेटिएको छ । शनिवार साँझ दोधारा चाँदनी नगरपालिका-९ ढकनाघाट नजिकै महाकालीमा पौडी खेल्ने क्रममा सुनार बेपत्ता भएका थिए ।

    उनको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली समेत परिचालन गरिएको थियो । यसका साथै स्थानीय र प्रहरीको टोली समेत खोजीमा जुटेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij