काठमाडौं । सरकारले दैलेखमा सुरु गरेको पेट्रोलियम पदार्थ अन्वेषणको काम आगामी आर्थिक वर्ष २०८१/८२ सम्ममा सक्ने लक्ष्य लिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
दैलेखमा चिनियाँ सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम हालै सुरु भएको छ ।
सरकारले आगामी आर्थिब बर्षको नीतिमा खानी, वन तथा प्रकृति संरक्षण गर्दै निर्माणजन्य सामग्री उपयोग व्यवस्थित गर्न कानुन बनाउने समेत नीति लिने विषयसमेत समटेको छ ।