सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने

सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने

मंगलवार, जेठ १ २०८१
मंगलवार, जेठ १ २०८१
  • सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने

    काठमाडौं । अबबाट सर्वोच्च अदालतमा अनलाइनबाटै रिट दर्ता गर्न सकिने भएको छ । आज एक कार्यक्रमका बिच सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले यो सेवाको शुभारम्भ गरेका हुन् । 

    कानुन व्यवसायी र सरोकारवालालाई अदालतमै गएर निवेदन दर्ता गर्नुपर्ने यसअघिको व्यवस्था परिमार्जन गरी सर्वोच्चले अनलाइन माध्यमबाटै पनि निवेदन दर्ता गर्ने सुविधा दिन लागेको हो । मंगलबार दुई सफ्टवेयर मार्फत अनलाइनबाट रिट दर्ता सुरु भएको हो ।

    तत्कालका लागि अनलाइनबाट रिट दर्ता भएपछि अरु कागजात भौतिक रुपमा मागिनेछ । अनलाइनबाट पठाएको रिट निवेदन प्रारम्भिक रुपमा हेरिने र त्यसलाई अघि बढाउन उपयुक्त देखिएमा अरु कागजात मागिने सर्वोच्चले जनाएको छ । 

    सुरुवाती चरणमा उक्त सेवा परीक्षणको रुपमा सुरु गरिएको र काम गर्दै गएपछि आवश्यक परेमा थप परिमार्जन गरिने जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij