गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि आह्वान भएको ठेक्का रद्द

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि आह्वान भएको ठेक्का रद्द

मंगलवार, जेठ १ २०८१
मंगलवार, जेठ १ २०८१
  • गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि आह्वान भएको ठेक्का रद्द

    काठमाडौं । चितवनको गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि आह्वान गरिएको ठेक्का रद्द भएको छ । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट  रंगशाला निर्माणका लागि फागुन १७ गते पहिलो चरणको निर्माणको लागि ठेक्का आह्वान गरेको थियो । 

    तर, महानगरपालिका नगर कार्यपालिकाले मंगलबार रंगशालाको ठेक्का रद्द गरेको हो । ‘ भरतपुर महानगरपालिकाबाट फागुन १७ मा आह्वान गरिएको बोलपत्र यस कार्यालयको मिति २०८१/०१/३१ को निर्णय बमोजिम रद्द गरिएको सम्वन्धित सवैको जानकारी लागि सुचित गरिन्छ’ सार्वजनिक सुचनामा भनिएको छ । 

    भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिव ३ बर्षदेखि अलपत्र अवस्तामा छ । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहायता जुटाउन नसकेपछि महानगरपालिकालाई स्वमित्व हस्तान्तरण गरेको थियो ।

    महानगरले यसअघि सार्वजनिक सूचना जारी गरेर इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको थियो ।

    यसअघि, वागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला ठेक्का आह्वान भएसँगै निर्माण गर्ने निश्चित भएको थियो, तर ठेक्का रद्द भएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij