जीबी राईको राहदानी रोक्का गर्न प्रहरीले पठायो पत्र

जीबी राईको राहदानी रोक्का गर्न प्रहरीले पठायो पत्र

मंगलवार, जेठ १ २०८१
मंगलवार, जेठ १ २०८१
  • जीबी राईको राहदानी रोक्का गर्न प्रहरीले पठायो पत्र

    काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीवी (गितेन्द्रबाबु) राईको पासपोर्ट रोक्का गर्न प्रहरीले राहदानी विभागलाई पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पासपोर्ट रोक्का गर्नको लागि विभागमा पत्राचार गरेको हो । 

    प्रहरीले जीबी राईको नाममा जारी राहदानी रद्द गर्न पत्राचार गरेको छ । राहदानी विभागले भने अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको प्रहरीले जनाएको छ । राईले विभिन्न सहकारीको रकम हिनामिना गरेको भन्दै कास्की, रुपन्देहीलगायत जिल्लामा उजुरी परेको छ ।

    त्यसपछि उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन र रेड नोटिश जारी भएको छ । माघ १३ गते उनीविरुद्ध डिफ्युजन नोटिश जारी भएको थियो ।  

    डिफ्युजन नोटिसको आधारमा उनी मलेसियामा लोकेट भएका हुन् । सरकारले उनलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई कूटनीतिक नोट पनि पठाएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij