संघीय संसद्‌को संयुक्त बैठकमा आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

संघीय संसद्‌को संयुक्त बैठकमा आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

मंगलवार, जेठ १ २०८१
मंगलवार, जेठ १ २०८१
  • संघीय संसद्‌को संयुक्त बैठकमा आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

    काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

    सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सरकारको सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।  

    संघीय संसद् सचिवालयले २:४५ भित्र औपचारिक पोशाकमा संसद् हलमा प्रवेश गरिसक्न सांसदहरूलाई आग्रह गरिसकेको छ । 

    तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने संसद् अवरुद्ध गर्ने तयारी गरेको छ । सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले सहकारी ठगी प्रकणमा छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने निर्णय गरेको थियो ।

    कांग्रेसले यसबारे आज आधिकारिक निर्णय गर्दै छ । कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । हिजो नै बस्ने भनिए पनि बैठक आजका लागि सारिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij