सहकारी बचतकर्ताको बचत फिर्ता माग गर्दै नेपाल महिला संघले भोलि प्रर्दशन गर्ने

सहकारी बचतकर्ताको बचत फिर्ता माग गर्दै नेपाल महिला संघले भोलि प्रर्दशन गर्ने

सोमवार, बैशाख ३१ २०८१
सोमवार, बैशाख ३१ २०८१
  • सहकारी बचतकर्ताको बचत फिर्ता माग गर्दै नेपाल महिला संघले भोलि प्रर्दशन गर्ने

    नेपाल महिला संघले भोलि विरोध जुलुस निकाल्ने भएको छ । सरकारलाई दबाब दिने उद्देश्य लिइ संघले मंगलबार दिउँसो १ बजे रत्नपार्कस्थित शान्तिवाटिकामा विरोध प्रर्दशन गर्ने भएको हो ।

    सहकारी ठगलाई कारबाही गर्नुुपर्ने मागसहित विरोध जुलुस निकालिने संघकी अध्यक्ष उषा रावत मिश्रले जानकारी दिइन् । ‘सहकारीका बचतकर्ताहरुको बचत फिर्ता गराउन सहकारी समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरि अपचलन गर्ने सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानुनी कारवाही गर्नका लागि वर्तमान सरकारलाई दबाब दिन विरोध जुलुस आयोजना गर्न लागिएको हो ।’ उनले भनिन् । 

    विभिन्न राजनीतिक दलहरु लगायतका अन्य निकायहरुले कारबाही गर्नका लागि ध्यानाकर्षण गराउँदासमेत सरकारले कुनै कदम नउठाएका कारण विरोध जुलुसका लागि बाध्य भएको अध्यक्ष मिश्रले बताइन् ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij