कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

सोमवार, बैशाख ३१ २०८१
सोमवार, बैशाख ३१ २०८१
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरेका हुन् ।

    कार्कीको पक्षमा ५७ मत परेको छ । नेपाली कांग्रेसले बैठक बहिष्कार गरेकाले विपक्षमा मत परेनन् । आजको बैठकमा ६२ जना सांसद उपस्थित भएकामा राप्रपाका सांसद तटस्थ बसे ।

    मुख्यमन्त्री कार्कीको नियुक्तिविरुद्धको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेकाले तत्काल विश्वासको मत लिन नहुने भन्दै कांग्रेसले आजको बैठक बहिष्कार गरेको हो । कार्कीविरुद्धको मुद्दामा जेठ ७ गते सर्वोच्चमा पेसी तोकिएको छ ।

    हिक्मत कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । आफू मुख्यमन्त्री छँदाछँदै प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै कांग्रेस नेता एवम् निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दिएङ्का हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij