जसपाबाट प्रदीप यादवसहित तीनजना प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने

जसपाबाट प्रदीप यादवसहित तीनजना प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने

सोमवार, बैशाख ३१ २०८१
सोमवार, बैशाख ३१ २०८१
  • जसपाबाट प्रदीप यादवसहित तीनजना प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने

    काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट तीनजनालाई सरकारमा पठाउने तयारी गरिएको छ । पार्टीका महासचिव मोहमद इस्तियाक राईका अनुसार सांसदहरू प्रदीप यादव, रञ्जु झा र हसिना खानलाई सरकारमा पठाउन लागिएको हो । 

    यादव स्वास्थ्यमन्त्री बन्ने तय भएको छ । झाको मन्त्रालय टुंगिएको छैन । खान भने राज्यमन्त्री बन्ने जनाइएको छ । उनीहरूको शपथ आज साँझै हुने महासचिव राईले बताए । 

    जसपाबाट नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री छन् । जनता समाजवादी पार्टी नेपालबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका उपेन्द्र यादव र वन राज्यमन्त्री दीपक कार्कीले आजै राजीनामा दिएका छन् । जसपा नेपाल सरकारबाट बाहिरिएपछि जसपाको मन्त्री थपिन लागेका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij