नेपाल बैंकका सुरक्षा गार्डको हत्या गरेको आरोपमा पूर्व सशस्त्र प्रहरी पक्राउ

नेपाल बैंकका सुरक्षा गार्डको हत्या गरेको आरोपमा पूर्व सशस्त्र प्रहरी पक्राउ

सोमवार, बैशाख ३१ २०८१
सोमवार, बैशाख ३१ २०८१
  • नेपाल बैंकका सुरक्षा गार्डको हत्या गरेको आरोपमा पूर्व सशस्त्र प्रहरी पक्राउ

    काठमाडौं । सप्तरीस्थित नेपाल बैंकका सुरक्षा गार्डको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले हत्याको आरोपमा पूर्व सशस्त्र प्रहरी जवान चन्द्र बहादुर सुवेदीलाई पक्राउ गरेको हो । 

    गत बिहीबार बिहान ३ बजेर १८ मिनेटमा सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको बैंकको शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुयालको हत्या भएको थियो । 

    सीसीटीभी फुटेजमा शंकास्पद व्यक्ति देखिएपछि प्रहरीले खोजीकार्य जारी राखेको थियो । मधेश प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले शङ्कास्पद सुवेदीलाई मकवानपुरबाट नियन्त्रणमा लिएको हो । 

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गजुसिद्धि बज्राचार्यका अनुसार सीसीटीभीको फुटेजका आधारमा सुवेदीको खोजी गरिएको थियो । 

    बैंक लुट्न नपाएपछि सुरक्षागार्ड फुयालको धारिलो प्रहार गरेर हत्या भएको थियो । लुटेरा भने फरार भएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij