जसपा नेपालद्वारा प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता

जसपा नेपालद्वारा प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता

सोमवार, बैशाख ३१ २०८१
सोमवार, बैशाख ३१ २०८१
  • जसपा नेपालद्वारा प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बसेको जनता समाजवादी पार्टी नेपालको केन्द्रिय समिति बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

    यस अघि आजै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका थिए । राजीनामा पछि जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

    जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आजै संसद सचिवालयमा दर्ता गर्ने भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij