कोशीका मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादीले विश्वासको मत दिने

कोशीका मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादीले विश्वासको मत दिने

सोमवार, बैशाख ३१ २०८१
सोमवार, बैशाख ३१ २०८१
  • कोशीका मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादीले विश्वासको मत दिने

    काठमाडौं । केन्द्रीय सता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)ले  पनि कोशी प्रदेश सरकारलाई विश्वासको मत दिने भएको छ । केन्द्रीय नेताहरूको निर्देशनपछि एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिन तयार भएका हुन् । 

    मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै छन् । ११ बजेका लागि संसद् बैठक बोलाए पनि कांग्रेस ससदीय दलको बैठक बस्न सकेको छैन । 

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिलाउने प्रतिबद्धता जनाएको नेताहरूले बताएका छन् । 

    सुदूरपश्चिका मुख्मन्त्री दीर्घ सोडारीले समेत नेता राजेन्द्र राइलाई विश्वासको मत दिन आग्रह गरेका थिए । काठमाडौंमा रहेका नेकपा एसका सांसदहरू विराटनगर आउने तयारीमा रहेको नेताहरूले बताएका छन् । कोशीमा एसका ४ सांसद छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij