काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखले सोमबार अधिवेशन आव्हान गरेका छन् ।
विश्वासको मत लिने सम्बन्धी सूचना शुक्रबार नै प्रदेशसभा सचिवालयमा दर्ता भएको छ । संविधानको धारा १६८ (५) अनुसार कार्की शुक्रबारै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई एमालेका ३९ र माओवादीका १३ सांसदको समर्थन छ ।
मुख्यमन्त्री कार्कीले एमाले र माओवादीका एक-एक नेतालाई मन्त्रिपरिषदमा सहभागी गराइसकेका छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने उनको तयारी छ ।