नदीमा नुहाउन गएका दुई बालबालिकाको डुबेर मृत्यु

नदीमा नुहाउन गएका दुई बालबालिकाको डुबेर मृत्यु

आइतवार, बैशाख ३० २०८१
आइतवार, बैशाख ३० २०८१
  • नदीमा नुहाउन गएका दुई बालबालिकाको डुबेर मृत्यु

    काठमाडौं ।  कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । आइतबार कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

    नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । 

    गम्भीर घाइते अवस्थामा खड्काको उद्दार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो । दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij