सल्यानमा दम्पती मृत फेला, हत्यापछि आत्महत्या गरेको आशंका

सल्यानमा दम्पती मृत फेला, हत्यापछि आत्महत्या गरेको आशंका

आइतवार, बैशाख ३० २०८१
आइतवार, बैशाख ३० २०८१
  • सल्यानमा दम्पती मृत फेला, हत्यापछि आत्महत्या गरेको आशंका

    काठमाडौं । सल्यानमा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा श्रीमान् श्रीमती मृत अवस्थामा  फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    अन्दाजी ३४ वर्षीय मनोज बुढा झुन्डीएको अवस्थामा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढाको टाउको काटिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उक्त घटना श्रीमानले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिएको प्रहरीको आशंका रहेको छ । 

    मनोज आफ्नै घर पछाडि झुन्डिएको अवस्थामा फेला परेका छन् भने कमलाको घाँटीमा धारिलो हतियार प्रयोग भै शरीर एकातिर र टाउको तसलामा रहेको अवस्थामा देखिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्नको लागि प्रहरी प्रमुख डिएसपी नविक कार्कीको नेतृत्वमा घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij