धनगढी । नेपाल आइडल विजेता गायक रवि ओड प्रहरी नियन्त्रणमा रहेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा पक्राउ पूर्जी जारी भएका ओडले बिहीबार प्रहरी समक्ष आत्मसर्मपण गरेका हुन् ।
यही चैत २० गते रविकी श्रीमतीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिएकी थिइन् ।
सांगीतिक कार्यक्रमको सिलसिलामा देश बाहिर रहेका ओडले नेपाल आएपछि प्रहरी समक्ष आत्मसर्मपण गरेका हुन् । उनको नाममा चैत २० गते श्रीमतीले उजुरी दिएसँगै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।