काठमाडौंको बत्तिसपुतलीमा युवकको हत्या, शंकास्पद ३ जना पक्राउ

काठमाडौंको बत्तिसपुतलीमा युवकको हत्या, शंकास्पद ३ जना पक्राउ

आइतवार, बैशाख ३० २०८१
आइतवार, बैशाख ३० २०८१
  • काठमाडौंको बत्तिसपुतलीमा युवकको हत्या, शंकास्पद ३ जना पक्राउ

    काठमाडौं । काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा एक जना युवकको हत्या भएको छ । दुई समूहबिच झगडा हुँदा मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएकाे हाे । 

    शनिबार साँझ ८ बजेतिर सडकमा झगडा हुँदा हत्या गरिएका धिमालको शव सिनामंगलस्थित केएमसी अस्पतालमा छ । घटनास्थलमा गम्भीर घाइते भएका धिमाललाई अस्पताल लगेपछि चिकित्सकहरूले मृत घोषणा गरेका हुन् ।

    शंकास्पद ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij