काठमाडौं । मकवानपुर प्रहरीले नक्कली नोट ५५ हजारसहित ५ जनालाई प्रक्राउ गरेको छ। गत आइतबार प्रहरी चौकी नामटार मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीले मकवानपुरको कैलाश गाउँपलिका–९ का१८ वर्षका सीताराम थिङको साथबाट नेपाली १ हजारको १२ वटा नक्कली नोट फेला पारेको प्रहरीले जनाएको छ ।
त्यस्तै, हेटौंडा उपमहानगरपलिका–१४ घर भई हाल वडा नम्बर ४ मा डेरा गरी बस्ने ३७ वर्षीय सुनिल ढुङगानाको कोठामा खानतलासी गर्ने क्रममा निजको साथबाट १ हजारका नक्कली नेपाली नोट ४२ थान र निजको छोरा वर्ष १८ वर्षका रोजल ढुङगानाको साथबाट १ हजारका नक्कली नेपाली नोट १ थान गरी ४३ हजार नक्कली नेपाली नोट फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, मकवानपुर गढी गाउँपलिका–४ बस्ने २० वर्षका सोमराज थोकर र सोही स्थानका २८ वर्षीय रामेश्वर अर्यालको पनि संलग्नता रहेको खुलेको हो। उनीहरुलाई पनि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
नक्कली नेपाली नोटसहित पक्राउ परेका उनीहरुलाई मुद्रा सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।