नेपाल टेलिकमले पायो ५ वर्षका लागि नयाँ लाइसेन्स

नेपाल टेलिकमले पायो ५ वर्षका लागि नयाँ लाइसेन्स

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • नेपाल टेलिकमले पायो ५ वर्षका लागि नयाँ लाइसेन्स

    काठमाडौं । नपाल टेलिकमले ५ वर्षे अवधिका लागि नयाँ लाइसेन्स पाएको छ । यसका लागि टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई २१ करोड रुपैयाँ बराबरको दस्तुर शुक्रबार तिरेको छ ।

    प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ५ वर्षे अवधिको नयाँ लाइसेन्स ९अनुमति० दिने निर्णय गरेको छ । योसँगै नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स पुनः प्राप्त गरेको हो ।

    नेपाल टेलिकमले २९ वैशाख २०५६ मा २५ वर्षे अवधिको लाइसेन्स पाएको थियो । सो कम्पनीको लाइसेन्स अवधि शुक्रबारसम्म मात्रै थियो । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम० लाई अनुमति पत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

    दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनका लागि दूरसञ्चार ऐन २०५३ को दफा २० को अधिकार प्रयोग गरी सो निर्देशन दिइएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । लाइसेन्सको अवधि सकिँदै गर्दा नेपाल टेलिकमले प्राधिकरणलाई नवीकरण शुल्कबापतको २० अर्ब रुपैयाँ गत मंगलबार भुक्तानी गरेको थियो ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij