बालमन्दिर जग्गा हिनामिना प्रकरण : २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

बालमन्दिर जग्गा हिनामिना प्रकरण : २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • बालमन्दिर जग्गा हिनामिना प्रकरण : २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । नक्सालस्थित बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २० जना विरुद्ध पक्राउ पुर्जी लिएको हो । 

     पक्राउ पुर्जी जारी भएको पुष्टि गरे पनि कसलाई जारी भएको भन्ने केही खुलाएको छैन । सीआईबीमा बिहीबार बाल संगठनको जग्गा विवादमा संलग्न व्यक्तिहरूविरूद्ध जाहेरी परेको थियो।

    २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात बालमन्दिरका नाममा १ सय १९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो ।

    यो जग्गा प्रकरणबारे सीआईबीले यसअघि पनि सूक्ष्म रूपमा अनुसन्धान अघि बढाएको थियो । बिहीबार भने बालमन्दिरको तर्फबाट जाहेरी परेसँगै औपचारिक रूपमा अनुसन्धान र मुद्दाको प्रक्रिया अगाडि बढेको हो ।

    बालअधिकार सम्बन्धी महासन्धिले उठाएका मुद्दाहरू लागू गर्न भन्दै २०४९ सालमा सरकारबाट अधिकार पाएको बालमन्दिरले भने आफ्नो क्षेत्राधिकार अनुसार काम नगरी जग्गा दुरुपयोग भएको दाबी गरेको छ ।

    ११९ रोपनीमध्ये धेरैजसो जग्गा विभिन्न सरकारी निकायहरूले भोगचलन गरिरहेका छन् । बाँकी २९ रोपनी ४ आना जग्गा निजी विद्यालय वृहस्पति विद्या सदनलाई ५९ वर्षका लागि सस्तो भाडामा लिजमा दिइएको बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij