सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेकाे आराेपमा भक्तपुरका एक शिक्षक पक्राउ

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेकाे आराेपमा भक्तपुरका एक शिक्षक पक्राउ

बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेकाे आराेपमा भक्तपुरका एक शिक्षक पक्राउ

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा भक्तपुर, भक्तपुर नगरपालिका-४ काहालान्च घर भएका २८ वर्षीय पुरूषलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

    नाबालिकाले फेसबुकमा पोष्ट गरेका तस्विरलाई अश्‍लिल तस्विरमा अनुहार जोडी अश्‍लिल गतिविधि युक्त कन्टेन्ट लेखेर फेक फेसबुक आईडीमा पोष्ट गरी चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा निजी विद्यालयका शिक्षक खुल्न आएका ती पुरूषको संलग्नता पुष्टि भएपछि उनलाई भक्तपुरबाट पक्राउ गरेको हो । 

    उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा  प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij