तीस लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण

तीस लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण

बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • तीस लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण

    तनहुँ । जिल्लाको व्यास नगरपालिका–३ बिपी वनबाटिका खेलमैदानमा ‘इलेभेन ए साइड’ खेलमैदानमा २ सय ५० जना दर्शक बस्नसक्ने प्यारापिट निर्माण भएको छ । 

    व्यास नगरपालिकाको ३० लाख रुपैयाँ आर्थिक सहयोगमा १ हजार १ सय २७  वर्गफिट क्षेत्रफलमा निर्माणाधीन प्यारापिटको ७५ प्रतिशत काम पूरा भएको छ । प्यारापिटले दर्शकलाई घामपानीबाट बचाउँछ , 

    उक्त खेलमैदानलाई फुटबल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, बास्केटबललगायत खेल प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य रहेको बिपी वनबाटिक खेलमैदान निर्माण समितिका अध्यक्ष भुवन गोशलीले बताए । 

    यसअघि भिमाद नगरपालिका–६ क्याम्पस रोडस्थित रङ्गशालामा प्यारापिट निर्माण भएको थियो । तीन हजार दर्शक क्षमताको उक्त प्यारापिट कूल ५२ लाख ८४ हजार २ सय रुपैयाँ लागतमा निर्माण भएको हो । प्यारापिट बनाउन भिमाद नगरपालिकाको ४६ लाख ८० हजार रुपैयाँ र स्थानीयले ६ लाख ४ हजार २ सय रुपैयाँ सहयोग गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij