क्यानडा र बेलायत पठाइदिन्छु भन्दै ३६ लाख ठगी, २ जना पक्राउ

क्यानडा र बेलायत पठाइदिन्छु भन्दै ३६ लाख ठगी, २ जना पक्राउ

बुधवार, बैशाख २६ २०८१
बुधवार, बैशाख २६ २०८१
  • क्यानडा र बेलायत पठाइदिन्छु भन्दै ३६ लाख ठगी, २ जना पक्राउ

    काठमाडौं । क्यानडा र बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका –२ का वकिलबहादुर आले र तनहुँको ऋषिङ गाउँपालिका–८ घर भई काठमाडौंको गोंगबु बस्ने धर्मेन्द्र श्रेष्ठ छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गोरखा प्रहरीको सहयोगमा आलेलाई गोरखाबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।

    उनले राजन सुनारसहित ६ जनालाई क्यानडामा रोजगारीका लागि पठाइदिन्छु भनेर ३६ लाख ठगी गरेको आरोप प्रहरीको छ ।

    आलेले क्यानडा जान प्रतिव्यक्ति १७ लाख लाग्ने र मासिक तलब एक लाख ८० हजार हुने भन्दै प्रलोभनमा पैसा लिएर फरार भएको पीडितहरूले दिएको जाहेरीमा उल्लेख छ ।

    त्यस्तै श्रेष्ठले सुविना केसीसहित २ जनालाई बेलायत पठाइदिन्छु भनेर नौ लाख ५० हजार ठगी गरेको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij