सुनसरीबाट एक क्विन्टल गाँजा बरामद

सुनसरीबाट एक क्विन्टल गाँजा बरामद

बुधवार, बैशाख २६ २०८१
बुधवार, बैशाख २६ २०८१
  • सुनसरीबाट एक क्विन्टल गाँजा बरामद

    काठमाडौं । नेपाल सशस्त्र प्रहरीले मंगलबार राति सुनसरीबाट १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगञ्ज, बोर्डर आउट पोस्ट साहेबगञ्ज र हर्बेनिको संयुक्त टोलीले मंगलबार राति सुनसरी जिल्लाको बर्जु गाउँपालिका–४ स्थित हसनपुर भन्ने ठाउँमा उखुको सुकेको पातले छोपी लुकाई छिपाई बेवारिसे अवस्थामा राखेको ३ बोरा गाँजा बरामद गरेको हो ।

    सो ठाउँमा गाँजा लुकाई छिपाई तस्करी गर्न राखिएको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा ३ वटा बोराभित्र स-साना प्याकेट बनाई राखिएको गाँजा फेला परेको थियो। बरामद गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij