काठमाडौं । बुधबार सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले निर्धारण गरेअनुसार आज सुन मंगलबारकै मूल्यमा कारोबार गरिने भएको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुनको मूल्य आज प्रतितोला १ लाख ३५ हजार ७५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । मंगलबार प्रतितोला १ हजार ६७५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने भएको हो ।