स्कुल बससँग मोटरसाइकल ठोक्किँदा ग्लोबल कलेजका दुई विद्यार्थीको मृत्यु, दुई घाइते

स्कुल बससँग मोटरसाइकल ठोक्किँदा ग्लोबल कलेजका दुई विद्यार्थीको मृत्यु, दुई घाइते

बुधवार, बैशाख २६ २०८१
बुधवार, बैशाख २६ २०८१
  • स्कुल बससँग मोटरसाइकल ठोक्किँदा ग्लोबल कलेजका दुई विद्यार्थीको मृत्यु, दुई घाइते

    काठमाडौं ।  नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काशीटारमा विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौँ निवासी रुविन रावल र स्वीकार राना छन् । उनीहरुको उमेर करिब २०–२१ वर्षको रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

    उनको अनुसार घाइते हुनेमा उपकार थापा र ऋतिक तिवारी रहेका छन् । उनीहरुको त्रिशूली अस्पताल नुवाकोटमा उपचार हुन नसक्ने भएकाले थप उपचारको लागि काठमाडौँ पठाइएको अस्पतालका प्रमुख डा राजेन्द्र लामाले जानकारी दिए । घाइतेमध्ये थापाको टाउको, हात, खुट्टालगायतमा चोट लागेको छ भने तिवारीको देव्रे खुट्टा भाचिएको छ ।

    काठमाडौंको बानेश्वरस्थित ग्लोबल कलेजमा अध्ययनरत उनीहरु कक्षा १२ को अन्तिम परीक्षा सम्पन्न भएसँगै दशजना साथीहरु मिलेर पाँचवटा मोटरसाइकलमा धादिङ घुम्न जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो । नुवाकोटको बट्टारस्थित अर्किड एकेडेमीको बा३क ३७२२ नंको बस बेलकोटगढी–८ काशीटारमा विद्यार्थी छाडेर फर्किन लागेको समयमा दुईवटा मोटरसाइकल ठोक्किएको हो ।

    बागमती प्रदेश ०२–०४६ प १५२९ नंको मोटरसाइकलमा चढेका रुविनको घटनास्थलमा र स्वीकार को उपचारको क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०२–०४४ प ३६९२ नंको मोटरसाइकलमा चढेका उपकार र ऋतिक गम्भीर घाइते भएकाले उपचारको लागि आज नै काठमाडौँ पठाइएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij