बागमतीका मुख्यमन्त्री जम्कट्टेल स्वास्थ्य अवस्था बिग्रीयो, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

बागमतीका मुख्यमन्त्री जम्कट्टेल स्वास्थ्य अवस्था बिग्रीयो, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • बागमतीका मुख्यमन्त्री जम्कट्टेल स्वास्थ्य अवस्था बिग्रीयो, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल स्वास्थ्य अवस्था बिग्रीएको छ । रामेछापको मन्थली नगरपालिका–३ स्थित  लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्न जाँदै गर्दा मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएका हुन्।

    रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो ।

    सुनकोशी गाउँपालिकाको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि मुख्यमन्त्री जम्कट्टेललाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउन लागेको हो । 

    मुख्यमन्त्री जम्मकट्टेलले आज बिहानैदेखि असहज महसुस भएको बताएका थिए । तर पूर्वनिर्धारित कार्यक्रममा जान भनेर गाडीबाट उनी रामेछाप प्रस्थान गरेका थिए । सिन्धुली पुगेका बेला गाडीभित्रै बान्ता भएको र अडिन नसक्ने भएपछि उनलाई अस्पताल लगिएको थियो ।

     

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij