बुटवलको नारायणपथस्थित मोटर पार्ट्सको गोदाममा आगलागी, करिब २ करोडको क्षति

बुटवलको नारायणपथस्थित मोटर पार्ट्सको गोदाममा आगलागी, करिब २ करोडको क्षति

मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • बुटवलको नारायणपथस्थित मोटर पार्ट्सको गोदाममा आगलागी, करिब २ करोडको क्षति

    बुटवल । बुटवलको देविनगरस्थित एक गोदाममा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देविनगरको नारायणपथस्थित ओम प्राप्ती एण्ड प्रिसा सप्लायर्समा आज बिहान आगलागी भएको हो ।

    आगलागीबाट १ करोड ९६ लाख बढीको क्षति भएको छ । ४ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएकाे छ । 

    गोदाममा मोटरसाइकलका पार्ट्स, टायर, मोविल, लिक्वीड लगायतका सामग्रीहरु जलेर नष्ट भएका छन् । स्थानीय, प्रहरी तथा वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि गोदामका अधिकांश सामग्री जलेर नष्ट भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij