काठमाडौं । कञ्चनपुरमा सेफ्टि ट्यांकीमा खसेर एक बालकको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–३ चित्रपुरका शिवा रानाका डेढ वर्षीय छोरा लिवन रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
छिमेकी रमेश रानाको ढक्कन खुला राखेको सेफ्टि ट्यांकीमा खसेका लिवन अचेत अवस्थामा फेला परेका थिए ।
उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल धनगढी लागिएको थियो । तर, चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।
घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।