काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं ठमेलस्थित भियाना होटेलमा छापा मारेको छ । हुण्डी कारोबारको आशंकामा सीआईबीले मंगलबार छापा मारेको हो ।
जसमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । पक्राउ परेकाहरुको साथबाट नगद पनि बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
सुन तस्करी प्रकरणमा हाल पुर्पक्षमा थुनामा रहेका चिनियाँ मुलका बेल्जियम नागरिक दावाकी श्रीमती अमला रोकाको नाममा उक्त होटल दर्ता रहेको पाइएको छ । यसअघि पनि उक्त होटलमा प्रहरी र राजश्व अनुसन्धान विभागले छुट्टाछुट्टै छापा मार्दै आएका थिए ।