ओखलढुङ्गामा खरबारीमा लागेको आगो निभाउने क्रममा आमा–छोराको मृत्यु

ओखलढुङ्गामा खरबारीमा लागेको आगो निभाउने क्रममा आमा–छोराको मृत्यु

मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • ओखलढुङ्गामा खरबारीमा लागेको आगो निभाउने क्रममा आमा–छोराको मृत्यु

    काठमाडौं । आगोले जलेर ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आमाछोराको ज्यान गएको छ । हिजो दिउँसो हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा पुगेपछि खर जोगाउने क्रममा जलेर ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको ज्यान गएको हो ।

    बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा शुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताए । केही दिन अघिदेखि स्थानीय जङ्गलमा डढेलो लागिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij