काठमाडौं । आज ५ वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पश्चिमी र स्थानीय वायु साथै भारतको बिहार आसपास विकसित न्यून चापीय प्रणालीको प्रभाव पनि नेपाली आकाशमा देखिएको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, वागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ । कोशी, मधेश, वागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका १-२ स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।