काठमाडौं । कीर्तिपुरमा भएको बस दुर्घटामा त्रिभुवन विश्वविद्यालयका कृषि अध्ययन संस्थानका प्राध्यापक डा.गोविन्द रिजालको मृत्यु भएको छ । उनको आइतबार अपरान्ह ३ बजेर १० मिनेटमा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो।
आइतबार दिउँसो कीर्तिपुरबाट रत्नपार्क जाँदै गरेको बा.३ ख.२०२७ नम्बरको बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना भएको थियो। दुर्घटनामा तीनजना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको कीर्तिपुरमा र एकजनाको ट्रममा सेन्टरमा उपचार भइरहेको छ।
त्यसैगरी घाइते हुनेहरुमा बैतडी घर भई कीर्तिपुर बस्दै आएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षकै बमिला श्रेष्ठ र बसका चालक २७ वर्षीय रमेश धमला छन् ।
पन्तको दाहिने हातमा चोट लागेको छ । श्रेष्ठको टाउको, अनुहारमा चोट लागेको छ । चालक लामाको खुट्टामा चोट लागेको छ । पन्त र श्रेष्ठको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ भने लामाको ट्रमा सेन्टमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।