काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिने सम्बन्धमा तटस्थ बस्ने भएको छ । २ जना सांसद भएको सो पार्टीले विश्वासको मतको पक्ष र विपक्ष दुबैमा मत नदिने निर्णय गरेको हो ।
६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सिट चाहिन्छ । अधिकारीका पक्षमा एमालेका २२, माओवादीका सभामुखबाहेक ७ जना र स्वतन्त्र सांसद एकजनाको समर्थन छ । प्रतिपक्षी कांग्रेससँग २७ सीट छ ।