ललितपुरमा आगलागी : एकै परिवारका ५ जना घाइते, ३ जनाको अवस्था गम्भीर

ललितपुरमा आगलागी : एकै परिवारका ५ जना घाइते, ३ जनाको अवस्था गम्भीर

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • ललितपुरमा आगलागी : एकै परिवारका ५ जना घाइते, ३ जनाको अवस्था गम्भीर

    काठमाडौं । ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा गएराति आगलागी पाँच जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

    घाइते हुनेमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरी, १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् । घाइते मध्ये तीनको  अवस्था गम्भीर छ । 

    उनीलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको छ । ​ मोबिल स्टोर रहेको टहरोमा आगलागी भएको प्रहरीले जनाएको छ । अहिले ५ वटा दमकल र केमिकलकोसमेत सहयोगमा प्रहरी, नेपाली सेनासहितको टोलीले आगो निभ्याउने प्रयास गरिरहेको छ । घटनाको विस्तृत विवरण आउँन बाँकी छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij