गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज (आइतबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।

    मुख्यमन्त्री नियुक्ति भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार उनले आज विश्वासको मत लिने तयारी गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

    उनी गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    सरकार गठनमा सभामुखलाई गणना गर्दै चैत २५ मा खगराज गण्डकीको मुख्यमन्त्री नियुक्त भएपछि विपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सर्वोच्च पुगेका थिए । उनको रिटलाई खारेज गर्दै सर्वोच्चले मुख्यमन्त्री खगराजको पद थमौती गरेको थियो । 

    ६० सदस्यीय गण्डकीमा विश्वासको मतका लागि संविधानअनुरुप ३१ सांसद आवश्यक पर्छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij