भारतले हटायो प्याज निर्यातमा लगाइएको प्रतिबन्ध

भारतले हटायो प्याज निर्यातमा लगाइएको प्रतिबन्ध

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • भारतले हटायो प्याज निर्यातमा लगाइएको प्रतिबन्ध

    काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ । प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो ।

    भारतले हिजैबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ ।

    यो वर्ष भारतमा प्याज उत्पादन बढेको र अझै बढी उत्पादन हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

    सरकारी अनुमान अनुसार २०२४ को यस सिजनमा १९१ लाख टन प्याज उत्पादन भएको थियो भने भारतमा प्रति महिना औसत १७ लाख टन प्याज खपत हुने गरेको बताइएको छ ।

    सरकारले सन् २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतमा प्याज निर्यातमा प्रतिबन्धका कारण मूल्य नियन्त्रणमा आएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij